अर्थ

यस बर्ष जाजरकोटमा दश प्रतिशत बजेट फ्रिज हुने अनुमान

दीपबहादुर घर्ती

यस बर्ष जाजरकोटमा दश प्रतिशत बजेट फ्रिज हुने अनुमान

जाजरकोटः जिल्ला समन्वय समितिवाट कार्यन्वयन हुने बजेटवाट यस बर्ष जाजरकोटमा १० प्रतिशत बजेट फ्रिज हुने अनुमान गरिएको छ । कार्यन्वयन हुनु पर्ने योजनाहरु सम्पन्न हुन नसकेर १० प्रतिशत बजेट फ्रिज हुने अनुमान गरिएको हो ।

यस बर्ष जिल्ला समन्वय समितिवाट कार्यन्वयन हुने ३ सय ८० योजनाहरु मध्ये ३६ वटा योजनाहरु अझै सम्झौता हुन बाँकी रहेको स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले जानकारी दिए । यसै बर्षमा सम्झौता भएर काम सम्पन्न भैसकेका योजनाहरु ५७ वटा, सम्झौता भएर पेश्कि गएका योजनाहरु १ सय ४७ वटा, सम्झौता भएर पेश्कि नगएका योजनाहरु ६४ वटा र स्थानिय तहमा हस्तान्तरण भएका योजनाहरु ७६ वटा रहेको स्थानिय विकास अधिकारी पण्डितले वताए ।

सम्झौता भईसकेका योजनाहरु कार्यन्वयनको गति निकै सुस्त रहेकोले यस बर्ष जाजरकोट जिल्लाको १० प्रतिशत बजेट फ्रिज भएर जान सक्ने सम्भावना बढेर गएको स्थानिय विकास अधिकारी पण्डितको भनाई रहेको छ । १० प्रतिशतले पनि झण्डै जिल्लाको ४ करोड बजेट फ्रिज भएर जान्छ स्थानिय विकास अधिकारी पण्डितले भने् । दोश्रो चरणमा थप भएर जिल्लामा आएको २ करोड ७० लाख रुपैयावाट बढि बजेट फ्रिज भएर जाने उनले दावी गरेका छन् ।


प्रतिक्षा सुचीमा रहेका योजनाहरुको कार्यन्वयनमा अन्यौलता
विगत बर्षहरुमा सम्पन्न जिल्ला परिषदहरुवाट अनुमोदन भएका तर, कार्यन्वयनको प्रतिक्षा सुचीमा रहेका जिल्ला भरिकै योजनाहरुको कार्यन्वयनमा अन्यौलता श्रृजना भएको छ । प्रतिक्षा सुचीमा रहेका आयोजनाहरुलाई कार्यन्वयन गर्ने निकायका रुपमा रहेका स्थानिय तहमा जननिर्वाचित प्रतिनीधिहरुको पदबहालि भएसंगै प्रतिक्षा सुचीमा रहेका आयोजनाहरुको कार्यन्वयनमा अन्यौलता श्रृजना भएको हो ।

विगत लामो समय देखि प्रतिक्षा सुचीमा रहेका जिल्लाका तमाम योजनाहरुको कार्यन्वयनमा विभिन्न बुझाईहरु सतहमा देखा परेको स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले वताए । विगतका बर्षहरुमा तर्जुमा गरिएका योजनाहरु मागमा आधारित बस्ति स्तरवाट छनौट भएर आएको उनको भनाई रहेको छ । कार्यन्वयनको प्रतिक्षा सुचीमा रहेका योजनाहरुलाई आफुले फोटोकपि गरेर जिल्लाका सवै गाउँ तथा नगरपालिकाको कार्यालयमा पठाई दिने स्थानिय विकास अधिकारी रुद्र प्रशाद पण्डितले जानकारी दिए ।

मागमा आधारित बस्ति स्तरवाट छनौट भएर आएका योजना तर्जुमामा विभिन्न १४ चरणहरु पुरा गरेर आएका योजनाहरुको कार्यन्वयन हुनु पर्ने एक थरि मान्छेहरुको धारणा रहेको छ भने, अर्को थरि मान्छेको धारणा आम नागरिकवाट निर्वाचित भएर आएका जनप्रतिनीधिहरुले पाएको अधिकार प्रयोग गरेर अन्य नयाँ योजनाहरु छनौट गर्नु पर्ने धारणा राख्दै आएका छन् ।

विशेष