अपराध सुरक्षा

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद

 

भक्तपुर: छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । 

भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं ९क० बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए ।

पीडित नाबालिकाकाको पालनपोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुल उपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम रु तीन लाख प्रदान गर्न फैसला सुनाइएको छ । 

विशेष