अपराध सुरक्षा

विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र

विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र

जेठ २८ । विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र परेका छन् ।

बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय राभा डिकोस्टालाई करिब २१ लाख भारतीय रुपैयाँ ३३ लाख नेरु बुझाइसकेपछि ठगिएको चाल पाए ।

घरबाट बिदाबारी भइ बेल्जियम उड्नका लागि दिल्ली आइपुगेका यी नेपाली पैसा लिएर एजेन्ट सम्पर्कविहीन भएपछि झल्याँस्स भए । ठगिएका सबै युवा बागलुङका हुन् ।

अन्नपूर्ण पोस्ट

विशेष