यौन-शिक्षा

यौन रोग तपाईलाई पनि लाग्न सक्छ, यस्ताे छ कारण

यौन रोग तपाईलाई पनि लाग्न सक्छ, यस्ताे छ कारण

 यौन रोग साधारण मानिसलाई पनि लाग्न सक्छ, त्यसको लागी कुनै यौन रोग लाग्ने जोखिमपुर्ण काम गरिरहनु पर्छ भन्ने छैन । यौन रोग आफ्नो पार्टनरको कारणले पनि लाग्न सक्छ । त्यसैले प्रेत्यक मान्छेले आफ्नो स्वास्थ्यको बारेमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । रोगका लक्षण नदेखिए पनि चिकित्सकको सल्लाह पूर्णरूपले पालन गर्नुपर्छ ।

उपचार अवधिभर यौन क्रियाकलाप पूर्णरूपमा बन्देज गनुपर्छ । उपचारका अवधिमा यौनसम्पक ग¥यो भने यौनसाथीलाईे रोग सर्न सक्छ । एचपिभी, एचआइभीजस्ता भाइरसबाट हुने रोग निको नहुने रोग हुन् । यी रोगका लक्षण नदेखिए पनि आफ्नो यौन साथीलाई यी रोग सर्न सक्छ । यौन रोगमा दुवैजना यौन साथीले उपचार गर्नुपर्छ ।

असुरक्षित संपर्क भएको छ भने यौन रोग संभावना सधैँ रहन्छ । कतिपय यौन रोगले लक्षण नै नदेखाएका हुनसक्छन् तर व्यक्ति यौन रोगबाट ग्रस्त भइसकेको हुन्छ । निको हुने यौन रोगका हकमा भने चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु पर्छ । रोग निको भए नभएको परीक्षण गर्नुपर्छ । भविष्यमा जोखिमयुक्त र असुरक्षित यौन संपर्क गर्नुहुदैन । अन्यथा शारीरिक पीडा र मानसिक तनावको भागिदार हुनुपर्नेछ ।

विशेष