अर्थ बैंकिङ

तीब्र आर्थिक विकास गर्ने देशमा नेपाल विश्वमै तेस्रो, भारत चाैँथो

तीब्र आर्थिक विकास गर्ने देशमा नेपाल विश्वमै तेस्रो, भारत चाैँथो

काठमाडौः सन् २०१७ मा तीब्र आर्थिक विकास गर्ने देशहरुको सूचीमा नेपाल तेस्रो स्थानमा परेको छ । वल्र्ड इकोनोमिक फोरमले गरेको प्रक्षेपण अनुसार नेपालले सन् २०१७ मा उल्लेख्य आर्थिक बृद्धि गरेको हो ।

इथियोपिया र उज्वेकिस्तानपछि नेपाल रहेको छ । विश्व बैंकका तथ्यांकहरुलाई आधार मानेर गरिको उक्त प्रक्षेपण अनुसार सन् २०१७ मा इथियोपियाले ८ दशमलव ३ प्रतिशत र उज्वेकिस्तानले ७ दशमलव ६ प्रतिशत वृद्धिदर गर्ने अनुमान इकोनमिक फोरमले गरेको छ । नेपालले ७ दशमलव ६ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रक्षेपण उसले गरेको छ ।

नेपालपछि भारतको आर्थिक बृद्धिदर रहेको छ । भारतले ७ प्रतिशतको हाराहारीमा बृद्धि गर्ने इकोनमिक फोरमले जनाएको छ । दक्षिण एशियाका बंगलादेश र भुटानले पनि झण्डै ७ प्रतिशत आर्थिक बृद्धिदर बनाउने प्रक्षेपण गरिएको छ ।

विशेष