अर्थ बैंकिङ

नयाँ एयरबस खरिद गर्न एनएसी र लगानी कोषबीच ऋण सम्झौता

नयाँ एयरबस खरिद गर्न एनएसी र लगानी कोषबीच ऋण सम्झौता

काठमाडौः नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमबीच वाईडबढी एयरबस (ए ३३०–२००) जहाज खरिद गर्ने ऋण सम्झौता भएको छ । उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई क्रण दिने कार्य पहिलो पटक गरेको हो ।

नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिन लागेको हो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ ।सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ ।

विशेष