अपराध सुरक्षा

फेरि सर्यो भरतपुरको मतगणनासम्बन्धी मुद्दाको पेशी, अव कहिले होला सुनुवाइ ?

फेरि सर्यो भरतपुरको मतगणनासम्बन्धी मुद्दाको पेशी, अव कहिले होला सुनुवाइ ?

जेठ - ३० । चितवनको भरतपुर महानगरपालिकाको मतगणना सम्बन्धी विवादबारेको मुद्दाको पेशी सर्वोच्च अदालतमा आज पनि चढ्न सकेन ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचनसम्बन्धी मुद्दाको पालो नआएको भन्दै असार ६ गतेका लागि अर्को पेशी तोकिएको छ । सर्वोच्चमा उक्त मुद्दा बेन्च नै नहुँदै सरेको यो दोस्रो पटक हो ।

मतगणनाका क्रममा केही मतपत्र च्यातिएपछि निर्वाचन आयोगले जेठ २० गते सो वडामा पुनः मतदान गराउन आदेश दिएको थियो । आयोगको निर्णय खारेजीको मागसहित वडा सदस्यका उमेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले मतपत्र गणना सुचारु गर्न माग गर्दै रिट दायर गरेका थिए ।

उक्त वडामा मतपत्र च्यातिएपछि एमालेले पुनः मतगणनाको माग गर्दै आएको छ भने कांग्रेस र माओवादीले पुनः मतदानको माग गरेका छन् ।

विशेष