अपराध सुरक्षा

ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

जेठ ३१ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पदमा बुढाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार ग्यासको चुल्हो किन्ने विषयमा विवाद हुँदा मङ्गलबार साँझ ५ बजेतिर उनीहरुबीच विवाद भएको थियो ।

“दुवै रक्सीले मातेका थिए, विवाद बढ्दै जाँदा बलहादुरले लाठीले पदमाको टाउकोमा हाने”, उनले भने , “बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो ।”

प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

अदालतबाट म्याद थप गरेर यस विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिए । उनले केही दिनभित्रै अनुसन्धान प्रक्रिया सुरु गरेर अदालतमा पेस गर्ने उल्लेख गरे । 

hatya

विशेष