अपराध सुरक्षा

भरुवा बन्दुक र हरिणको छालासहित दुई पक्राउ

भरुवा बन्दुक र हरिणको छालासहित दुई पक्राउ

 

जेठ - ३१ । सुनसरीको रामधुनी नगरपलिका–७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपलिका–७ का हर्कराज राई र उनकै छोरा सिवन राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनीहरूको घरबाट हरिणको छाला पुरानो एक थान, नयाँ एक थान र हरिणको आलो मासु तथा भरुवा बन्दुक एक थान र फलामको नाल दुई थान बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। 

विशेष