अपराध सुरक्षा

 सु–मङ्गल  पोलिक्लिनिकमा सिलबन्दी

 सु–मङ्गल  पोलिक्लिनिकमा सिलबन्दी

 

जेठ - ३१ । बसुन्धरामा रहेको सु–मङ्गल पोलिक्लिनिक दर्ता समेत नगरी सञ्चालन गरेको पाएपछि सिलबन्दी गरी २४ घण्टे निर्देशन दिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृत नलिएको, म्याद नाघेको सामग्री बिक्री वितरण गरेको, अन्य आवश्यक कागजपत्र नभएको र दर्ताबिना डेण्टलसमेत सञ्चालन गरेको पाएपछि सिलबन्दी गरी २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिएको हो ।

अनुगमन संयोजक निरोज घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले सोही समयमा भेटिएको म्याद नाघेको औषधिसमेत २४ घण्टाभित्र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा र आपूर्ति व्यवस्थापन विभागमा आउन निर्देशन दिएको छ ।

त्यसैगरी विभागले गत जेठ २३ गते अनुगमनको क्रममा आवश्यक कागजपत्र समेत नभई सञ्चालन गरेको भन्दै वानेश्वरमा रहेको भेनस अस्पतालको भेनस फर्मामा सिलबन्दी गरेको थियो । आवश्यक कागजपत्र जुटाएपछि आज उक्त अस्पतालको सिलबन्दी खोलिएको छ ।

त्यसैगरी आज यातायाततर्फ २१ वटा सार्वजनिक यातायातको अनुगमन भएकामा बढी भाडा लिएको पाएपछि बढी भाडा लिने यात्रुलाई तत्काल फिर्ता गर्न लगाई रु पाँच हजार जरीवाना गराएको छ ।

विभागले पछिल्लो समय नियमित रुपमा गरेको अनुगमनले बजार व्यवस्थापनमा सकारात्मक परिवर्तन आएपनि मासु र औषधिजन्य सामग्रीमा सुधार गर्नुपर्ने पक्ष धेरै भएकाले उपभोक्ता र व्यवसायी दुवै सचेत हुनुपर्ने विभागका निर्देशक लक्ष्मण श्रेष्ठको भनाइ छ । 

विशेष