अपराध सुरक्षा

लागूऔषधसहित दुईजना पक्राउ

लागूऔषधसहित दुईजना पक्राउ

असार - १ । रुपन्देहीको सिद्धार्थ नगरपालिका १ स्थित डण्डाचोकबाट जेठ ३१ गते एपीएफ टोलीले विभिन्न किसिममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तिलोतमा ११ रामनगर बस्ने ४४ वर्षीय खिमबहादुर कुवँर र ४१ वर्षीय हिमलाल पन्त रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म सुनौलीबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमका ६ सयवटा लागूऔषधसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्ने क्रममा लु १६ प ३४२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट फेनारगन २ सयवटा, डाइजिपाम २ सयवटा, नोफिन १ सयवटा र टल्गेस्ट नामको १ सयवटा लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

विशेष