पर्यटन

विदा, मनोरञ्जनमा आउने पर्यटक बढी

विदा, मनोरञ्जनमा आउने पर्यटक बढी

असार ४ । नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये बिदा/मनोरञ्जन/ यात्रामा आउने पर्यटक बढी छन् ।

विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा/मनोरञ्जन/यात्रा, पदयात्रा/पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी छ ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार सन् २०१६ मा नेपाल आएका कुल पर्यटकमध्ये ६५ प्रतिशतले बिदा/मनोरञ्जन/यात्राको उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

यस्तै ११ प्रतिशत तीर्थयात्रा, आठ दशमलव ८३ प्रतिशत पर्वतारोहण/पदयात्रा, तीन दशमलव २३ प्रतिशत व्यापार, दुई दशमलव ८३ प्रतिशत कार्यालयसम्बन्धी, एक दशमलव सात प्रतिशत सभा/सम्मेलन र सात दशमलव ४१ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये सन् २०१५ मा ७१ प्रतिशत, सन् २०१४ मा ५० र २००७ मा ४१ प्रतिशत पर्यटक बिदा/मनोरञ्जन/यात्राका लागि आउने गरेका छन् । 

Tourist

विशेष