अपराध सुरक्षा

मृत अवस्थामा महिला फेल

मृत अवस्थामा महिला फेल

असार ४ । राजविराज–भारदह सडक खण्डअन्र्तगत सप्तरीको तिलाठीस कैलाडी–७ स्थित बाँझो खेतमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

नाम, थर, वतन नखुलेकी करीव ३५ बर्षीया ती महिला मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

केही दिनयता ती महिला सो क्षेत्रमा मागी खाई हिंड्ने गरेको स्थानीयले बताएका छन् । मृतक महिलाको शवलाई स्वास्थ्य परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

Death

विशेष