अपराध सुरक्षा

छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

 

असार - ५ । नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रवक्ता पम्फा भुसालले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेकी छिन्।

माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा (एमाले)का कार्यकर्ताले गरेको आरोप लगाएको छ । प्रवक्ता भुसालले घटनाको भत्र्सना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि सरकारसँग माग गरेकी छिन् । प्रवक्ता भुसालले निर्वाचनको प्रक्रियामा उम्मेदवार तथा मतदाताको पूर्ण सुरक्षाको वातावरण सुनिश्चित गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन्।

विशेष