अर्थ

अन्ततः पायो एनसेलले फोरजी सेवा आजबाट संचालन

अन्ततः पायो एनसेलले फोरजी सेवा आजबाट संचालन


जेठ १८ । एनसेलका ग्राहकले बिहीबारबाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजीसेवाको लाभ लिन सक्ने भएका छन् ।

फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजीचल्ने मोबाइल सेट भएका सबै एनसेल ग्राहकले एनसेलले बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी- लंग टर्म इभोलुसन (एलटीई) सेवा लिन सक्ने कम्पनीले जनाएको छ

प्रविधि तटस्थताले देश र जनतामा ल्याउने बृहत् सकारात्मक प्रभावले डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको भन्दै एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले प्रविधि तटस्थताकाको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्न योगदान पुयाउन कटिबद्ध रहेको बताएका छन् ।

यसै प्रतिबद्धताबमोजिम एनसेलले आगामी ७ महिनासम्ममा नेपालको कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुयाउने लक्ष्य लिएको पनि उनले बताए । यसका लागि कम्पनीले देशका विभिन्न ४० सहरमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरीरहेको छ, उनले भने ।

फोरजीरएलटिई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरू प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरू आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरू सजिलै हेर्न लगायतकाकामहरू गर्न सक्नेछन् ।

फोरजी प्रविधिले ग्राहकलाई अझ उच्चगतिको मोबाइल डेटामा पहुँचको सुनिश्चितता गर्नुका साथै नयाँ व्यावसायिक अवसरहरूको सिर्जना गर्दै लोकल कन्टेन्टको विकास तथा प्रयोगलाई बढाउनेमा पनि कम्पनी निश्चिन्त रहेको जनाएको छ ।

ब्रोडब्यान्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँविकास समितिहरूमा ब्रोडब्यान्ड सेवा पुयाउने लक्ष्य राखेको छ ।

 

विशेष