अपराध सुरक्षा

युवतीहरुको सातदोवाटो चोकमा ग्याङ फाइट, एकको अवस्था गम्भिर

युवतीहरुको सातदोवाटो चोकमा ग्याङ फाइट, एकको अवस्था गम्भिर


असार ७ । ललितपुर महानगरपालिका–१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ ।

कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो । पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष