अपराध सुरक्षा

हातहतियारसहित २ जना पक्राउ

हातहतियारसहित २ जना पक्राउ

असार - ७ । डडेल्धुराको अमरगढी नगरपालिकबाट कटुवा पेस्ताेलसहित एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका ३ बस्ने २१ वर्षीया रघु जाेशीलार्इ पेस्तोलसहित पक्राउ गरेकाे हो । प्रहरीले जाेशीकाे साथमा रहका महेश तामाङ, संजय घिमिरे र दिपेन्द्र धामीलार्इ समेत नियन्त्रणमा लिएकाे छ । 

त्यस्तै धादिङको नेत्रावती गाउँपालिका ३ गाैरा बस्ने ३० वर्षीय मैसिंह तामाङ भारूवा बन्दुक र धारिलो हतियारसहित प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले गस्तीका क्रममा उनलार्इ पक्राउ गरेकाे हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान जनाइएकाे छ । 

विशेष