अपराध सुरक्षा

सुडानकाण्डमा जेल चलान भएका प्रहरी प्रमुखले २० प्रतिशत कैद छुट पाउने

सुडानकाण्डमा जेल चलान भएका प्रहरी प्रमुखले २० प्रतिशत कैद छुट पाउने

असार - ७ । दुई जना पूर्व आइजीपी र दुई जना डिआइजीले बुधवार सर्वोच्च अदालतमा आफूलाई समर्पण गरेका छन् । पूर्व आइजीपी हेमबहादुर गुरुङ, ओमविक्रम राणा, डिआइजी कुमार श्रेष्ठ र दीपक सिंह थाङदेनले समर्पण गरेका हुन ।

सुडानको डार्फर मिसनमा सुरक्षाकर्मीका लागि एपीसी लगायत बन्दोवस्तीका सामग्रीमा घोटाला भएको ठहरसहित उनीहरुलाई जेल सजाय सुनाइएका थियो ।

उनीहरुलाई बुधवार नै डिल्लीबजारस्थित सदरखोर चलान गरिएको छ । सर्वोच्चमा अभियुक्त स्वयंम हाजिर भएकाले कैदमा २० प्रतिशत छुट सर्वोच्चका सहायक प्रवक्ता बिश्वराज पौडेलले बताए ।

निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीनजना पूर्व आइजिपीसहित नौजनालाई जेलसजायको फैसला सुनाएको थियो ।

विशेष