अर्थ

ताइवानसँग सम्झौता गर्ने नेपाली व्यापारीको चिनियाँ अधिकारीले लिए सातो

ताइवानसँग सम्झौता गर्ने नेपाली व्यापारीको चिनियाँ अधिकारीले लिए सातो

असार–७ । नेपालस्थित चिनियाँ राजदूतावासमा इकोनोमिक काउन्सिलर छन् फ वेई । उनले नेपालका एकजना व्यापारीलाई अघिल्लो साता कुन्मिङ एक्स्पोमा भाग लिन जाँदै गर्दा एअरपोर्टकौ एकान्तमा लगेर बेस्सरी गाली गरेका छन् । नेपाल–चीन व्यापार संघको अध्यक्ष रहेका ती व्यापारीले अनाहकमा विदेशीको हप्की खाएका भने होइनन् । ठूलै काम बिगारेकोले चीनको जमिन टेक्न नपाउँदै त्यो दिन मन अमिलो पार्नु पर्यो । 

त्यसो त भनाइ नै छ, कुनै पनि मुलुक शान्तिकालमा व्यापारीको रे, युद्धको बेला सेनाको हातमा हुन्छ । युद्धकालमा सेनाले ज्यान जोखिममा राखेर भए पनि मातृभूमिको रक्षा गर्छ । तर, व्यापारीले त्यसो गरिरहन पर्दैन । उसले मुलुकको हितको मात्रै रक्षा गर्दा हुन्छ । चाहेजति कमाउन सक्छ पाउँछ । यो प्रशंग नेपाल च्याम्बर अफ कमर्सका समेत अध्यक्ष राजेशकाजी श्रेष्ठले एक चीन नीति बर्खिलाप हुने गरी ताइवानसँग सम्झौता गर्दाको हो । उनको त्यो कदमको चर्चा किन आवश्यक देखियो भने ताइवान चीनको लागि सबै एक संवेदनशील मुद्दा हो । ताइवानको अलगत अस्थित झल्कने गरी भएका कुनै पनि क्रियाकलाप उसले निको मान्दैन । नेपालले पनि पटक पटक द्विपक्षीय र अन्तर्राष्ट्रिय मञ्चमा एक चीन नीतिबारे आफ्नो समर्थन र प्रतिबद्धता दोहोर्याउने गरेको छ ।
–जनआस्था साप्ताहिकबाट

विशेष