साहित्य आज

साहित्यकार श्रीराम राईको टोली नेता सार्वजनिक

साहित्यकार श्रीराम राईको टोली नेता सार्वजनिक


असार ७ । साहित्यकार श्रीराम राईको बालकथा टोली नेता सार्वजनिक भएको छ ।

विएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको कृतिमा सात बालकथा समावेश रहेका छन् । कविता लघुकथापछि बालकथा लेख्न थालेका श्रीराम राई नयाँ पुस्ताका जुझारु लेखक हुन् । उ

नका सिर्जनामा खोटाङका जनजीवन, रहनसहन, नदीनाला, हावापानी , प्रकृति चित्रण रहेको पाइन्छ । साहित्यकार र मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठको प्रमुख आतिथ्यमा एक कार्यकक्रका बिच पुस्तकको मंगलबार विमोचन गरिएको छ ।

उक्त कार्यक्रममा डा. पुष्करराज भट्टले राईको कथामा पात्र आफैं बोलेका छन् । उनले सकारात्मकता उनको विशेषता रहेको बताए । कान्तिपुर सञ्चारकर्मी दामोदर न्यौपानेले संग्रहका कथाहरूको प्लट राम्रो , भाषा सशक्त र सकारात्मकताको खोजी भएकोले बालबालिकालाई उत्तिकै पठनीय भएको बताए ।

गोरखापत्र दैनिकका त्रिभुवनचन्द्र वाग्लेले शब्द रमाइलो र ग्रामीण क्षेत्रको पाटोलाई समेटिएको बताए । उक्त कार्यक्रममा साहित्यकार टंक भट्टराई, छविरमण सिलवाल, क्रान्ति पाण्डेले शुभकामना दिए ।

त्यस्तै साहित्यकार यमुना अधिकारी पराजुलीले संग्रहका बालकथाहरू कान्तिपुरकोपिला,नागरिकको जूनकीरी, अन्नपूर्ण अंकुर र मुनामा पहिल्यै पढेको र यसरी प्रकाशित भएकोमा खुसी व्यक्त गरिन् ।

Toli Neta

विशेष