अपराध सुरक्षा

जेल चलान गरिएका चार पूर्वप्रहरी अधिकारीहरु एउटै कोठामा

जेल चलान गरिएका चार पूर्वप्रहरी अधिकारीहरु एउटै कोठामा

असार ८ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्व आइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् ।

पूर्व आइजिपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्व एआइजी दीपकसिंह थाङदेन र पूर्व डिआइजी दीपक श्रेष्ठ जेल चलान भएका हुन् ।

चारैजना बुधबार सँगै अदालत गएका थिए । डिल्लीबजार कारागारमा पनि उनीहरु एउटै कोठामा बसेका छन् । कारागारका एक प्रहरी अधिकारीका अनुसार करिब १५ जना अट्ने एउटा ठूलो कोठामा उनीहरु सँगै बसेका हुन् ।

उक्त कोठामा अन्य विभिन्न अपराधमा जेल परेका व्यक्तिहरुसमेत छन् । ०६८ मा पनि विशेष अदालतले तोकेको धरौटी तिर्न नसक्दा पूर्व आइजिपीहरु केही दिन डिल्लीबजार जेलमै बसेका थिए ।

नयाँ पत्रिका

विशेष