अर्थ

सप्तरी र सिरहामा पेट्रोलको अभाव, व्यापक कालाबाजारी

सप्तरी र सिरहामा पेट्रोलको अभाव, व्यापक कालाबाजारी


असार - ९ । सप्तरी र सिरहा जिल्लामा विगत एक सप्ताहदेखि पेट्रोलको अभाव भएको छ । यी जिल्लामा सञ्चालित पेट्रोल पम्पहरुले बिक्रीवितरण नगरेपछि पेट्रोलको व्यापक कालाबजारी सुरु भएको छ ।

प्रति लिटर रु एक सयका दरले बिक्री हुने पेट्रोल अहिले १६० प्रति लिटरमा लुकिछिपी बिक्रीवितरण भइरहेको गुनासो पाइएको छ । सिरहा र सप्तरीमा करिब दुई दर्जन पेट्रोल पम्प रहेका छन् ।

नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय प्रमुख भानुभक्त खनालले सिरहा र सप्तरीमा पेट्रोल अभाव नरहेको र निरन्तररुपमा पेट्रोल बिक्री वितरण भइरहेको दाबी गरे ।

उनले प्रत्येक दिन सिरहा र सप्तरीमा पेट्रोल र डिजेल पठाइरहेको बताउदै हिजो मात्र सिरहामा ४६ हजार लिटर र सप्तरीमा ३६ हजार लिटर विभिन्न पम्मलाई बिक्री वितरण गरेको जानकारी दिए ।

पेट्रोल अभाव सृजना गरेर कालोबजारी गर्ने काम पेटोल पम्पको छ, त्यसको अनुगमन अवश्यक रहेको उनको भनाइ छ । उता पम्म व्यवसायीहरुले विराटनगर डिपोबाट पेट्रोल वितरणामा ढिलाइ गरेका कारण पेट्रोलको बिक्री वितरणमा समस्या भएको दाबी गरेका छन् ।

विशेष