अपराध सुरक्षा

नेपाली सेनाद्वारा विभिन्न ठाउँमा भेटिएका बम निष्क्रिय

नेपाली सेनाद्वारा विभिन्न ठाउँमा भेटिएका बम निष्क्रिय

असार - १० । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाईलो बस्ने ताराबहादुर काफ्लेको घरको पेटीमा कालो प्लाष्टिकको झोलामा खतरा लेखेर टाँसेको अवस्थामा शनिबार फेला परेको सकेट बम प्रहरी टोली खटी गई नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारिएको छ ।

यसैगरी मोरङकै जहदा गाउँपालिका–४ स्थित श्री सार्वजनिक उच्च माबिको प्राङगणमा तार बाहिर निष्किएको इँटाको साईजमा रहेको अवस्थामा शुक्रबार फेला परेको सुतली बम प्रहरी टोली र नेपाली सेनाको समन्वयमा निष्क्रिय पारिएको छ ।

यसैगरी, उदयपुरको कटारी नगरपालिका–४ बस्ने राजीव थापाको घर छेउमा कपडाले बेरेको अबस्थामा फेला परेको सुतली बम प्रहरी र नेपाली सेनाको टोली खटी गई शनिबार निष्क्रिय बनाएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजार बस्ने धिरज शर्मा बस्यालको घरको कम्पाउण्डभित्र कालो टेपले बेरेको अवस्थामा शनिबार फेला परेको विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । उक्त बस्तुमा डेटोनेटर र फलामका टुक्राहरु रहेको थियो । बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

विशेष