चिनियाँ पर्यटकलाई पाइलैपिच्छे सुरक्षा जाँचको नाममा दुःख दिइन्छ
असार–१० । एउटै यात्रामा एकै व्यक्तिलाई पटक पटक सुरक्षा जाँच गरिँदा कसलाई पो झर्को नलाग्दो होला र ? त्यो पनि तीन चार पटक होइन १३ पटक ।
नेपाल र चीन जोड्ने रसुवागढी केरुङ नाकाबाट नेपाल घुम्न आउने चिनियाँ वा सामान लिएर फर्कने सवारी चालकले वेत्रावतीसम्म आइपुग्दा पाइलैपिच्छे सुरक्षा जाँचको झन्झट झेल्नुपर्छ ।
रसुवागढी टिमुरे स्याफ्रुबेसी, धुन्चे हुँदै बाटो छिचोलेर नुवाकोटको बेत्रावती पार गर्दा १३ स्थानमा सुरक्षा जाँच हुन्छ । सीमा नाका रसुवादेखि वेत्रावतीसम्म सीता सुरक्षादखि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जलगायतले पटक पटक जाँच गरिरहेका हुन्छन् ।
–कान्तिपुर दैनिकबाट