अपराध सुरक्षा

६ वर्षपछि पक्राउ परे किशोरीको बलात्कारपछि हत्याका अभियुक्त

६ वर्षपछि पक्राउ परे किशोरीको बलात्कारपछि हत्याका अभियुक्त

असार – १२ । एक किशोरीको बलात्कारपछि हत्या गरेर फरार रहेका एक अभियुक्तलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । ६ वर्षअघि रामेछापको सैपुमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा श्याम राउतलाई पक्राउ गरेको हो ।

राउतलाई मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र अपराध महाशाखाको संयुक्त टोली भैरहवाको सुनौलीबाट पक्राउ गरेको हो । प्रहरीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी राउतलाई सार्वजनिक गरेको छ ।

भारतमा लुकिछिपी काम गर्दै आएका राउतलाई भारतीय प्रहरीसँगको समन्वयमा आफन्तलाई भेट्न नेपाल आउनेक्रममा पक्राउ गरेको मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश केसीले बताए ।

अभियुक्त राउतले बलात्कारपछि हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतक सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले रामेछापका तत्कालीन डीएसपी सन्जीप शर्मालाई पनि कारबाही गर्नुपर्ने माग गरिन् । उनले डिएसपी शर्माले अभियुक्तलाई भगाएको आरोप लगाइन् ।

विशेष