अर्थ Technology

सार्वजनिक सवारीसाधनमा एनटीसीको निःशुल्क इन्टरनेट सेवा

सार्वजनिक सवारीसाधनमा एनटीसीको निःशुल्क इन्टरनेट सेवा

असार – १२ । नेपाल टेलिकमले सोमबारदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा निःशुल्क इन्टरनेट सेवा दिने भएको छ । टेलिकमले एन्टी बस इन्टरनेट सेवाबाट सर्वाजनिक सवारी साधनमा यात्रा गर्ने उपभोक्तालाई निःशुल्क इन्टरनेट सेवा दिन लागेको हो ।

सार्वजनिक सवारी साधानमा निःशुल्क इन्टरनेट दिनका लागि टेलिकमले साइबरनेटिक्ससँग सहकार्य गरेको छ । बसमा यात्रा गर्ने यात्रुहरुसमक्ष पनि इन्टरनेटको पहुँच विस्तार गर्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको टेलिकमले जनाएको छ ।

यात्रुहरुले यात्राका क्रममा एनटी बस इन्टरनेट डिभाइसको माध्यमबाट निःशुल्क इन्टरनेट, भिडिओ लगायत मल्टिमिडिया सेवा उपभोग गर्न पाउनुको साथै आफ्नो सवारी साधन कहाँ छ भन्ने जानकारीसमेत जिपिएस प्रविधिमार्फत थाहा पाउन सक्ने छन् । यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशूल्क रिम कार्डसहित १० जिबी डाटा उपलब्ध गराईने टेलिकमले जनाएको छ ।

टेलिकम र साइबरनेटीक्स प्रालिबीच केही दिनअघि उक्त एनटी बस इन्टरनेट सञ्चालनमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीको कर्पोरेट तथा व्यावसायीक रणनीति विभागकी प्रबन्धक प्रतिभा वैद्यले एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने जानकारी दिइन् ।

एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सक्ने टेलिकमले जनाएको छ ।

विशेष