अपराध सुरक्षा

बझाङमा माओवादी एमालेका कार्यकर्ताबीच झडप, मतगणना प्रतिनिधिसहित तीन घाइते

बझाङमा माओवादी एमालेका कार्यकर्ताबीच झडप, मतगणना प्रतिनिधिसहित तीन घाइते

असार – १५ बझाङको छविस पाथिभे गाउँपालिकमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच छडप भएको छ । मतगणना चलिरहेकै समयमा भएको झडपमा परी मतगणना प्रतिनिधिसहित तीन जना घाइते भएका छन् ।

एमालेका मतगणना प्रतिनिधि सागर भट्ट, सुवास भट्ट र सिद्धराज थापा घाइते भएका हुन् । झडपमा संलग्न रहेको भन्दै ६ जना माओवादीका कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सो झडपमा माओवादीका कार्यकर्ता पनि घाइते भएको बताइ पनि घाइतेको नाम खुलाइएको छैन ।

झडपको कारण खुल्न नखुलाइए पनि एमालेका कार्यकर्ताले भने बुधबार साँझ माओवादीका कार्यकर्ताहरुले मापासे गरेर होहल्ला गरेको खबर प्रहरीलाई दिएको रिसमा माओवादीका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको बताएका छन् ।

विशेष