अपराध सुरक्षा

पेस्तोलसहित एक पक्राउ

पेस्तोलसहित एक पक्राउ


जेठ २२ । सप्तरीको बोधे बर्साइन नगरपालिका– १४ बाट गएराति प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताए ।

प्रहरी उपरीक्षक दिवेदीका अनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग हुने चार राउन्ड गोलीसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

विशेष