अर्थ

स्वीडिस क्रोनर साट्न राष्ट्रबैकको आग्रह

स्वीडिस क्रोनर साट्न राष्ट्रबैकको आग्रह


जेठ २३ । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न अनुरोध गरेको छ ।

स्वीडेनको केन्द्रीय बैंक (रिक्स बैंक)ले उक्त दरका बैंक नोट चलनचल्तीबाट हटाउने निर्णय गरेकाले राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथलीबाट सटही गरिसक्न सम्बन्धित सबैमा सूचना गरिएको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले सूचित मितिपछि त्यस्ता सटही नगरिने बताए ।

विशेष