अपराध सुरक्षा

पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

जेठ २६ । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज(शुत्रफबार) वीरगन्जमा जलुस प्रदर्शन गरेको छ ।

शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक आक्रमण गर्दै दुव्र्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै महासङ्घले वीरगन्जमा जुलुस निकालेको हो ।घन्टाघर चोकबाट निकालिएको जुलुस माईस्थान, महावीरस्थान, आदर्शनगर, मीना बजार हुँदै पुनः घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा शाखाका अध्यक्ष श्याम बन्जाराले सामाचार लेखेकै कारण पत्रकार तिवारीमाथि भएको आक्रमण तथा दुव्र्यवहारजस्तो कार्य निन्दनीय भएको बताए ।

यही जेठ २२ गते राति वीरगन्जको छपकैयामा खाजा खाइरहका तिवारीमाथि आक्रमण गर्ने वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु राँकी र कृष्णा चौरसियालाई कारबाही गर्न निवेदन दिइएको छ ।

विशेष