अपराध सुरक्षा

अपराध नियन्त्रणा गर्न चोकमा सिसी क्यामरा

अपराध नियन्त्रणा गर्न चोकमा सिसी क्यामरा

जेठ २६ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक/चोकमा सिसी क्यामरा जडान गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो ।

मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिए ।सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ ।

प्रहरीले अरनीको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोक चोकमा र पुरानो बाटोको बाहाखा बजारलगायत सर्वसाधारणको भिडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गर्न थालेको छ ।

सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाटलगायतका अन्य आपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारी चालकलाई नियन्त्रण गर्न टेवा पुग्ने ओलीको भनाइ छ ।

नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले मध्यपुरलाई सुरक्षित नगरको रुपमा विकास गर्नका लागि सिसी क्यामरा जडान गर्न सहयोग गरेको बताए । 

cc camera

विशेष