पर्यटन

ककनीमा क्यानोनिङ महोत्सव

ककनीमा क्यानोनिङ महोत्सव

जेठ २६ । शाहसिक पर्यटन अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नुवाकोटको ककनीस्थित भुलभुले झरनामा तेस्रो क्यानोनिङ ९छाँगावरोहण० महोत्सव आज(शुक्रबार)देखि सुरु भएको छ ।

नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा हुन लागेको सो महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० जनाको सहभागिता रहेको छ ।

नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा भुलभुले झरनामा आज र भोलि दुई दिनसम्म महोत्सव चल्नेछ ।

नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको टे«किङ एजेन्ट एसोसिएसन नेपालका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

“प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो,” उनले भने ।

सन् २०१३ मा पहिलो भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतिस्थित छहरे झरनामा दोस्रो महोत्सव आयोजना गरेको थियो । नुवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयवासीको सहयोगमा सो महोत्सव गरिएको स्थानीयवासी मधुसुदन ढकालले बताए ।

एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ । सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा, काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् । 

canyoing

विशेष