अपराध सुरक्षा

व्यापारी फसाएर हत्या गर्ने युवती भारतबाट पक्राउ

व्यापारी फसाएर हत्या गर्ने युवती भारतबाट पक्राउ


असार २७ । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न पूजा घर्ती नामकी युवती पक्राउ परेकी छन् ।

व्यापारी श्रेष्ठको अपहरणमा संलग्न ती युवतीलाई भारतबाट पक्रेर नेपाल ल्याइएको प्रहरी स्रोतको दाबी छ । उनलाई आजै अञ्चल प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गर्दैछ ।

श्रेष्ठ अपहरण–हत्या घटना अनुसन्धान गर्न प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । प्रहरी अनुसन्धानका आधारमा श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ ।

विशेष