अपराध सुरक्षा

ब्यापारी श्रेष्ठ अपहरण–हत्यामा संलग्न मुख्य योजनाकारसहित ४ अभियुक्त पक्राउ

ब्यापारी श्रेष्ठ अपहरण–हत्यामा संलग्न मुख्य योजनाकारसहित ४ अभियुक्त पक्राउ

असार – २७ । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।

मुख्य अभियुक्त सल्यान झिम्पे कोरवाङ गाबिस वडा नं ५ घर भई हाल दाङको हेकुली ६ बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारी, दाङकै शान्तिनगर गाबिस वडा नं ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजार बस्ने ३९ वर्षीय टीकाराम घर्ती र सोही स्थानमा बस्ने घर्तीकी छोरी बर्ष १८ की पुजा घर्तीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिषेश टोलीले पक्राउ गरेको हो ।

बिषेश सूचनाको आधारमा प्रहरीको विषेश टोलीले उनीहरुलाई बाँके डुरुवा गाउँपालिका वडा नं ६ स्थित नेपाल–भारतको सीमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरेको हो ।

साथै सो घटनाका मुख्य योजनाकार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ८ वस्ने २८ वर्षीय भुपेन्द्र भण्डारीलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ भने अर्का योजनाकार ३० वर्षीया खुमबहादुर केसीलाई काठमाडौमा लुकिछिपि बसेको अवस्थामा सोही स्थानबाटै प्रहरीले पक्राउ गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

त्यस्तै सो घटनामा संलग्न रहेका प्रतिवादी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं९ वेलुवा शिवज्योति टोल वस्ने ४१ वर्षीय नारायण वलीसमेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

गत जेठ २६ गते दाङ तुलसीपुर उपमहानगरपलीका वडा नं ५ बस्ने ५३ वर्षीया श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । श्रेष्ठ अपहरण–हत्या घटना अनुसन्धान गर्न प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । प्रहरी अनुसन्धानका आधारमा श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ ।

विशेष