अपराध सुरक्षा

गोली प्रहार गरी लुटपाट गर्ने घटनाका मुख्य दुई अभियुक्त पक्राउ

गोली प्रहार गरी लुटपाट गर्ने घटनाका मुख्य दुई अभियुक्त पक्राउ

असार - १७ । चितवन जिल्लामा भएका दुई महत्वपूर्ण घटनाका मुख्य अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ । गोली प्रहार गरी लुटपाट गरिएको र ठूलो परिणाममा चरेस बरामत गरिएकोमा ती दुबै घटनाको मुख्य दोषी पक्राउ गरिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भरतपुर महानगरपालिका –२५ मा शुक्रबार साउनी महतोको घरमा गोली प्रहार गरी लुटपाटमा संलग्न मुख्य अभियुक्त पर्वत पकुवा गाविस– ८ स्थायी घर भई हाल भरतपुर २७ देवौलीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय कृष्ण शाही ठकुरीलाई प्रहरीले भारतको मुम्बईबाट यही असार १५ गते पक्राउ गरेको हो ।

यसअघि सोही घटनाका दुई अभियुक्त पक्राउ परेका थिए । फक्राउपर्नेमा नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका– १० अरुणखोला निवासी २१ वर्षीय लक्ष्मण परियार र सोही ठाउँका २० वर्षीय नारायण विक रहेका थिए । 

विशेष