अपराध सुरक्षा

डान्सबारबाट १९८ जना ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी पक्राउ

डान्सबारबाट १९८ जना ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी पक्राउ

 

असार - १७ । प्रहरीले बालाजुमा रहेको हिमालय डान्सबारबाट १९८ जना युवायुवतीलाई आज पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउ पर्नेमा कक्षा ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी रहेको जानकारी दिए । पक्राउ पर्ने १५८ युवा र ४० युवती रहेका छन् । 

पक्राउ परेका अधिकांशले मादक पदार्थ र धूमपान गरेको भेटिएको उहाँले जानकारी दिए। उनले भने, 'साङ्गीतिक कार्यक्रममा सहभागी हुन त पाइन्छ तर विकृत रुपमा यसलाई प्रयोग गरेको पाइयो ।'

मादक पदार्थ खाएर होहल्ला गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुले सो डान्सबार भाडामा लिएर ‘डान्स पार्टी’को आयोजना गरेको भेटिएको छ ।

विशेष