अपराध सुरक्षा

लागूअाैषधसहित विराटनगरबाट एक पक्राउ 

लागूअाैषधसहित विराटनगरबाट एक पक्राउ 

असार - २८ । लागूऔषधसहित प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँचथर यासोक ३ बस्ने २१ वर्षीय अजित लावती लिम्बूलाई पक्राउ गरेको हो ।

प्रहरीले लिम्बूलाई जोगवनीबाट विराटनगरतर्फ आउँदै गर्दा विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयको १ नम्बर गेटबाट पक्राउ गरेको बताएको हो । उनको साथबाट प्रहरीले लागूऔषध नाईट्रोसन ५० चक्कि, एभिल ३ एम्पुल, फेनारगन ९ एम्पुल, डाईजेल्याब ४ एम्पुल, लुपिजेसिक ११ एम्पुल बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायलय मोरङले जानकारी दिएको छ ।

 

विशेष