विराटनगरमा गोली प्रहारबाट एक महिला घाइते

असार २९ । विराटनगरको मुनालपथमा आज एकाबिहानै गोली प्रहारबाट एक महिला घाइते भएकी छन् ।
उदयपुरको बेल्टार बस्ने ४७ वर्षीया टीनादेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रु ११ हजार लुटेको बताइएको छ । घाइते विष्ट सो अस्पतालबाट उपचार गराई एकाविहानै आफ्नो घर फर्किन लागेको समयमा सो घटना भएको बुझिएको छ ।
Gun Fire