अपराध सुरक्षा

सर्लाहीका कार्यक्रम अधिकृत घुससहित पक्राउ

सर्लाहीका कार्यक्रम अधिकृत घुससहित पक्राउ

 

महोत्तरी, २९ असार । जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले आज अपराह्न कार्यक्रम अधिकृत रायको कार्यकक्षमा छापा मारी रकम बरामद गरिएको आयोगले जनाएको छ । रायलाई थप अनुसन्धानका लागि सम्पर्क कार्यालय बर्दिवासमा ल्याइएको छ । 

विशेष