हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

असार ३० । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।
हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, रामबहादुर लिम्बू र रिया भन्ने सोनिसा लिम्बूलाई जनही रु २० जरिवानाको सजाय तोकिएको छ ।
गत पुस १७ गते इलाका वन कार्यालय, खोक्लिङमा कार्यरत वन रक्षक शाहीको हत्या भएको थियो ।
Jail