अपराध सुरक्षा

प्रतिबन्धित जडिबुटी ब्यापारीलार्इ जेल सजायसंगै २१ लाख जरिवाना

दीपबहादुर घर्ती

प्रतिबन्धित जडिबुटी ब्यापारीलार्इ जेल सजायसंगै २१ लाख जरिवाना

असार - २९ । कानुनमा प्रतिबन्धित जडिबुटीको ब्यापार गर्न खोज्दा एक व्यक्ति ४ महिना जेल सजाय भोग्नुको साथै २१ लाख ८० हजार जरिवाना तिर्ने भएका छन् । जाजरकोट जिल्ला अदालतको फैसलाले ति ब्यपारीले ४ महिना जेल सजाय भोग्नुको साथै २१ लाख ८० हजार जरिवाना तिर्ने भएका हुन ।

डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका–६ का मानबहादुर बोहरालाई जाजरकोट जिल्ला अदालतले बिहिवार गरेको फैसलाले ४ महिना जेल सजाय र २१ लाख ८० हजार जरिवाना तोकेको माननिय जिल्ला न्याधिस लिलाराज अधिकारीले जानकारी दिए । 

प्रतिबन्धित पाँचऔले जडिबुडी सहित केहि महिना पहिला जाजरकोटको प्रहरीले मानबहादुर वोहरालाई प्रक्राउ गरेको थियो । पक्राउ परेका बोहरासंग ३ किलोग्राम तथा १ हजार ९० गोटा प्रतिबन्धित पाँचऔले जडिबुटी प्रहरीले बरामत गरेको थियो ।

पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा अघिल्लो वर्षको जिम्मेवारी सरेका र आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला अदालतमा मुद्दाहरुको जम्मा लगत १ सय ९६ वटा रहेकोमा १ सय ६४ वटा मुद्दा फर्छौट गरि ८३.६७ प्रतिशत जिल्ला अदालतले उपलब्धी हाशिल गरेको माननिय जिल्ला न्याधिस अधिकारीले जानकारी दिए ।

जिल्ला अदालतले फैसला गरेका मुद्धाहरुमा सरकारवादी पौजदारी मुद्धा तर्फ कर्तव्य ज्यान ५, शिशु हत्या १, जबरजस्ती करणी ५, जबरजस्ती करणी उद्योग २, सवारी ज्यान २, लागु औषध चरेस ५, लागुऔषध अफिम १, अबैध जडिवुट्टी १, वन ३ र बहुबिबाह ५ वटा रहेको र दुनियावादी फौजदारी मुद्दातर्फ अशं भराई सम्बन्ध बिच्छेद २९, अशं नलिई सम्बन्ध बिच्छेद ४०, गालिबेईजेती ९, घरेलु हिंसा २, जालसाजी ३, कुटपिट २, नकवजनी चोरी २, सम्बन्ध कायम १ र अदालतको अपहेलना २ गरि जम्मा फैसला भएका फौजदारी मुद्धामा १ सय २० रहेको जिल्ला अदालत जाजरकोटले जनाएको छ ।

त्यसैगरि फैसला भएका दुनियावादी देवानी मुद्धामा अंश, पालनपोषण, खाना खर्च, लेनदेन, लिखत बदर गरि जम्मा ४३ वटा रहेको अदालत श्रोतले वताएको छ । यसमा १ वटा मुद्धा पुनरावेदन भएको पनि अदालतले जानकारी दिएको छ । त्यसैगरि फैसला बाँकी रहेका सरकारवादी फौजदारी मुद्धाहरुमा ज्यान कर्तव्य ५, जबरजस्ती करणी ४, सवारी ज्यान १, अंश भराई सम्बन्ध बिच्छेद ८, अंश नलिई सम्बन्ध बिच्छेद ६, गालिवेईजेती १, दुनीयावादी देवानी मुद्धामा अंश २, पालनपोषण १, लेनदेन ३, करार पालना १ गरि जम्मा ३२ मुद्धा रहेको जिल्ला अदालतले जानकारी दिएको छ ।

विशेष