अपराध सुरक्षा

१० हजार क्षमताको कारागारमा २० हजार कैदी

१० हजार क्षमताको कारागारमा २० हजार कैदी

 

असार - ३० । दाङको तुल्सिपुरमा केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको शुक्रबार उद्घाटन गरिएको छ । 

सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्यले कारागारलाई अब सुधारगृहका रुपमा परिणत गर्न लागिरहेको बताउनुभयो । कारागार विभागका महानिर्देशक गणेशप्रसाद भट्टराईले हाल नेपालमा २० हजार कैदीबन्दी रहेको र कारागारको क्षमता १० हजार मात्र रहेको जानकारी दिँदै कारागारलाई सुधार गर्न थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि बजेट व्यवस्थापन भइरहेको बताए । 

आजदेखि नै नयाँ बन्दीगृहमा पुरुष कैदीबन्दीलाई सारिएको छ । महिला बन्दी तथा कैदी भने पुरानै कारागार भवनमा बस्दै आएका छन् । पाँच करोड ९६ लाखको लागतमा सो बन्दीगृह निर्माण गरिएको हो । हाल तुलसीपुर कारागारमा १७० पुरुष र दुई नाबालिकासहित १९४ कैदीबन्दी छन् ।

विशेष