म बबुरोको सपना
कबिता
— बज्र लामा
म बबुरोको सपना अधुरै रह्यो बर्सै देखि साचेको सपना एक एक कौडिले भराएको त्यो खुत्रुके
झर्याम्म फुटाएर यो उनको
असार सकिदा नसकिदाको हिलोले
पट पट फुटेको ती उनको हातमा
मेरै नामको हरिया छुरा अनि
मेरो नामको पहिलो अक्षर
यो साउन हो भनी लेखेको देख्ने रहर अझै
अपुरोनै रह्यो
म बबुरोको सपना
कोहि आउछन जिस्काउछन हरियो चुरा पोते माग्दै
कोहि आउछन रिसाएजस्तो गर्छन यो साउन हो भन्दै
एक्लै टोलायर सोच्छु आफ्नो कोहि हुदो हो त
मायाले घुर्काउदै माग्थिन होलि
हरियो चुरापोते
हातै भरी मयुरको नौ रंगिजस्तै बुट्टा भर्न मेहेन्दी किन्ने पैसा
म नजान्दो ढंगले भन्थेहोला
पोहोर सालको ले चकाउन हुन्न रु
म मुसुक्क मुस्कुराउदै भन्थे होला
भान्साको काम गर्दा हात मा आफै बुट्टा भरिन्छ नि
पैसा पर्दैन त्यसमा
रिसाए जस्तो गर्दै भन्थिन होलि
साउन लाग्या छ नजिस्काउनु है ।
म बबुरोको सपना अधुरै रह्यो ।
सिन्धुली
हाल राजधानी काठमान्डु