अपराध सुरक्षा

चोरीका गाडी किनबेच गर्ने गिरोह पक्राउ

चोरीका गाडी किनबेच गर्ने गिरोह पक्राउ

असार ३१ । सुदूरपश्चिममा सरकारी कागजात किर्ते गरि कार र मोटरसाईकलको अबैध कारोबार गर्ने प्रहरीले पक्राउ परेको छ । भारतबाट चोरी गरेर नेपाल ल्याएका सवारी साधन दर्ता गराउने समूहलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतबाट चोरी गरेर नेपाल ल्याएका कार र मोटरसाईकल दर्ता गराइ सञ्चालनमा रहेका सवारी साधन सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न समयमा अवैधरुपमा गैरकानुनी ढंगले सञ्चालनमा रहेका कार र मोटरसाईकल बरामद गरि सार्वजनिक गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रकाशबहादुर चन्दले सरकारी कागजात किर्ते गरेर अवैध रुपमा कार मोटरसाइकलको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको बताए । उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का हिमाल जोशी र कैलाली भजनी–३ का गोकुल श्रेष्ठ छन् ।

 

उनीहरुको साथबाट एक लाख रुपैयाँ नगद, काठमाडौँ बैंकको १५ लाखको चेक, दुई थान ल्याप्टप, एक थान सुनको सिक्री, ९ वटा मोटरसाइक, एक वटा कार र दुई वटा खाली पासबुक, चाक्कु एक थान, कालो रङको झोलामा तीन थान चेकबुक, सरिका मल्टि टेर्डसको बिल बरामत गरेको प्रहरीले जानकारी दिएको छ ।

जोशी र श्रेष्ठलाई पक्राउ गरेपछि सेती र महाकाली यातायात व्यवस्था कार्यालयमा दर्ता भएर सवारी साधन बिक्रि वितरण भएको रहस्य खुलेको छ । बरामद गरिएका ८ कार मध्ये ६ कार दर्ता गरिएका छन् । भने, दुई वटा दर्ता प्रकृयामा छन् ।

यस्तै धौलागिरी यातायात कार्यालयबाट २२ मोटरसाइकल समेत बरामद गरिएका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले धौलागिरी यातायात कार्यालयमा दर्ता हुँदा घटनाको रहस्य खुलेको बताए । तस्करले घटना वाहिरिने डरले सवारी साधन दर्ता प्रकृया अञ्चलिकरण गरेको उनले बताए ।

अञ्चल यातायातका कर्मचारीसँगको मिलोमतोमा अवैध चोरीका सवारी साधन दर्ता गराएर राजस्व छलेको समेत कञ्चनपुर प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 यि हुन सरकारी कागजात छाप किर्ते गरेर दर्ता गरेका कार 

महाकाली यातायात कार्यालयमा दर्ता भएका कार स् म १ च ५१०, म १ च ५१३, म १ च ५१४, म १ च ५२३, म १ च ५२४, म १ च ५२५ र म २ च १८१० र सेती अञ्चल यातायात कार्यालयमा से १ च १७८० नम्बरको कार दर्ता भएको छ ।

महाकाली यातायात कार्यालयमा दर्ता भएका कार स् म २ प ६०२२, म २प ६०२३, म २ प ६०२४ म २ प ६१३८ म २ प ६१४३, म २ प ६१४५, म २ प ६१५२, म २ प ६१५३, म २ प ६३१८, म २ प ६३१९, म २ प ६३२०, म २ प ६३३६, म २ प ६३३७, म २ प ६३५४ र म २ प ६३५५ गरि १५ वटा मोटरसाईकल

सेति यातायात कार्यालयमा  से ५ प ७१७३, से ५ प ७१७४, से ५ प ७१७५, से ५ प ७४४२, से ५ प ७४४३, से ५ प ७४४५ र से ५ प ७५५१ नं।का गरि ७ वटा रोयल इनफिल्ड मोटरसाईकल

 भारतीय तस्करको सहयोगबाट जोशी र श्रेष्ठले नेपालमा सरकारी कर्मचारीको मिलोमतोमा सवारी साधन दर्ता गराएर महंगो मुल्यमा विक्रि वितरण गर्दै आएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतबाट चार पाङग्रे सवारी साधन ८ लाख सम्ममा किनेर नेपालमा १० देखि १५ लाख र दुई पाङग्रे ४० देखि ७० सम्ममा खरिद गरेका ३ लाख सम्ममा कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुवै जनाका नाममा मुद्दा दर्ता गराएर कारबाही प्रकृया अघि बढेको जनाएको छ । भने सरकारी कागजात, छाप किर्ते गराएर नेपाली सवारी साधन दर्ता गराउन सरकारी कर्मचारीको मिलोमतो रहेको प्रहरीले दाबी गरेको छ । चोरीमा ठूलै समूह संलग्न हुन सक्ने भन्दै कञ्चनपुर प्रहरीले थप अनुसन्धान थालेको छ ।

नयाँ पत्रिका

विशेष