काठमाडौं महानगरले सार्वजनिक गर्यो आर्थिक वर्षका लागि १० अर्ब ७८ करोड बजेट
साउन १ । काठमाडौं महानगरका लागि रु १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ ।
काठमाडौं महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७-४७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ ।
संक्षिप्त विवरणअनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु ६ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु तीन अर्ब १६ करोड ८२ लाख यसमा समानीकरणरसःशर्त तथा निःशर्त सबै अनुदान समावेश रहेको छ ।
यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ । त्यस्तै, मनोरन्जन करलाई नयाँ कर क्षेत्रकारुपमा राखिएको छ । यसअन्तर्गत् आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत् गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ ।