अपराध सुरक्षा

पूर्वाञ्चलका दुई हजार ६७५ व्यापारीलाई कारबाही

पूर्वाञ्चलका दुई हजार ६७५ व्यापारीलाई कारबाही

साउन - २ । नापतौलमा अनियमिमता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका दुई हजार ६७५ व्यवसायी एवम् व्यापारीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को एक वर्षको अवधिमा नापतौलयन्त्रको जाँच नगराउने, उपभोक्तलाई तौलमा ठगी गर्ने व्यवसायीको फर्ममा छड्के एवम् नियमित रुपमा गरिएका अनुगमन पछि सो कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले जानकारी गराए ।

सोही अवधिमा कार्यालयले दुई हजार ७६ व्यवसायीलाई कारोबारका लागि नापतौल यन्त्र सम्बन्धी नयाँ इजाजतपत्र प्रदान गरेको जानाएको छ । कार्यालयले नापतौल सम्बन्धी नयाँ इजाजतपत्र वितरण र कारबाहीबाट आव २०७३/७४ मा एक करोड १० लाख १७ हजार राजश्व संकलन गरेको छ ।

पूर्वाञ्चलका सात हजार ३४५ व्यवसायीले आफ्नो कारोबार गर्ने नापतौल यन्त्रको जाँच समेत गराएका थिए ।

विशेष