अपराध सुरक्षा

५ केजी चरेशसहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ

५ केजी चरेशसहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ

साउन - २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ केजी लागूऔषध चरेशसहित कुमारसिंह तामाङ पक्राउ परेका छन् । धादिङ खनियाबास गाउँपालिका ४ का ३० वर्षीया तामाङ नेपाल एयरलाइन्सको विबाट थाइल्याण्डको बैंकक जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

सुरक्षा चेकजाँचका क्रममा सुटकेसको पिध भागमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला परेको हो । तामाङको साथबाट १ थान राहदानी, हवाई टिकट ३ थान र ८ सय अमेरिकी डलरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा तामाङलाई उक्त सुटकेस धादिङ खनियाबास–३ बस्ने रबिन गुरुङले दिएको खुल्न आएकोले गुरुङलाई काठमाडौं टोखा नगरपालिका–८ बानियाटारस्थित मेरिना रेष्टुरेन्ट अगाडिबाट प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय जितेन गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको छ । उनको साथबाट लागू औषध लुपिजेसिक ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल बरामद गरेको छ ।

लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा जितेनको श्रीमती पुर्णिमा गुरुङसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विशेष