अपराध सुरक्षा

लागूऔषधसहित एक युवती र दुर्इ युवा पक्राउ

लागूऔषधसहित एक युवती र दुर्इ युवा पक्राउ

साउन – ३ । लागूऔषधसहित उपत्यकाका विभिन्न ठाउँबाट एक युवती र दुई युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरीको टोली उनीहरुलाई उपत्यकाका विभिन्न ठाउँमा पक्राउ गरेको हो ।

काठमाडौँको टोखा नगरपालिका ७ खरिबोट बस्ने २४ वर्षीय अशोक नेपाली र काठमाडौं महानगरपालिका १४ लिङकमार्ग बल्खु डेरा गरी बस्ने उदयपुर बेलटार ६ घर भएकी ४६ वर्षीया कौशिला योगी र भक्तपुर बालकोट डेरा गरि बस्ने धनुषा नगरपालिका–३ क्याम्पस चोक घर भएका २४ वर्षीय पंकज ठाकुरलाई प्रहरीले लागूऔषधसहित सोमबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृतबाट खटिएको प्रहरी टोलीले नेपालीको कोठमा खानतलासी गर्दा लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र नोर्फिन ७ एम्पुल फेला पारेको हो ।

नेपालीले दिएको सूचनाको आधारमा योगीको कोठामा तलासी गर्दा ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल नोर्फिन र ठाकुरको कोठाबाट १ सय एम्पुल डाईजेपाम, १ सय एम्पुल फेनारगन र १ सय एम्पुल नोर्फिन बरामद महानगरीय प्रहरी वृतले जानकारी दिएको छ । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

विशेष