मधेसमा आइएनजिओको २३ अर्ब, ७३ वटा संघसंस्था २२ जिल्लामा सक्रिय
साउन ३ । मधेसका २२ जिल्लामा एक बर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजिओ मार्फत खर्च गरिएको खुल्न आएको छ ।
ती जिल्लामा आर्थिक बर्ष २०७३/७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका २२ जिल्लामा सक्रिए थिए ।
विभिन्न ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था मधेसका २२ जिल्लामा सक्रिए भएर एक बर्षमै २३ अर्ब भन्दा बढी खर्च गरिएको हो । कैलाली सबैभन्दा बढी ५२ वटा र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना अन्तराष्ट्रिय गैरसरकारी संस्थाले चलाएका थिए ।
अर्थ मन्त्रालय अन्तर्गतको बैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखामा उपलब्ध भई रेकर्ड भएअनुसार उक्त तथ्याकं देखिएको हो ।
नागरिक दैनिक