तीस केजी चरेससहित सात पक्राउ
साउन ४ । हेटौडाको रोशन लजबाट तीस केजी चरेससहित सात व्यक्ति पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको विभिन्न इकाइको संयुक्त टोलीले बुधबार सो परिमाणमा चरेस बरामद गरेको हो । चरेससँगै पक्राउ पर्ने सात मध्ये चार जना भारतीय रहेको मध्य क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय पथ्लैयाले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा रौतहटकी कालमा खातुन, मकवानपुर थाहा नगरपालिकाका विक्रम स्याङतेन, हिरा स्याङतेन छन भने भारतका सुरज पटेल, निर्भय सिंह, मुकेश सर्राफ, कलावती देवी साह रहेका छन् ।
चरेस ओसारपसारमा प्रयोग भएको एक भारतीय नम्बर प्लेटको मारुती कार पनि प्रहरीले जपत गरेको छ । थप कारबाहीका लागि सशस्त्र प्रहरीेले उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।